यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन २६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 

 

देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।