जनता समाजवादी पार्टीमा मतभेद: एमालेसँग कुनै हालतमा सहकार्य हुँदैन :अध्यक्ष यादव

काठमाडौं,फागुन २६। नयाँ सत्ता समीकरणलाई लिएर जनता समाजवादी पार्टीमा मतभेद देखिएको छ । अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग मुद्दा नमिल्ने भन्दै कुनै हातलमा सहकार्य नहुने बताउनु भएको छ ।

 

वरिष्ठ नेता राजेन्द्र महतोले भने माग पूरा गर्ने दलसँग मिल्न सकिने प्रतिक्रिया दिनुभएको छ ।

 

प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनुनै आफ्नो पार्टीको मूल ध्येय रहेको बताएका छन्।

 

ओली सरकार प्रतिगामी, लोकतन्त्र र संघीयता विरोधी भएको यादवको आरोप छ । अरुसँग सहकार्य हुन सक्ने तर एमालेसँग नहुने उहाँले बताउनुभयो ।

 

जनता समाजवादी पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने प्रयासमा लागिरहेका बेला यादवको यस्तो प्रतिक्रिया आएको हो ।

माग पूरा गर्ने दलसँग मिल्न सकिन्छः महतो

तर वरिष्ठ नेता राजेन्द्र महतोले भने माग पूरा भए एमालेसँग सहकार्य हुन सक्ने बताउनुभयो ।नयाँ सत्ता समीकरणको प्रयास तीव्र भैरहेका बेला जसपाभित्र पनि विवाद देखिएको छ ।