क्रान्तिकारी माओवादीले ‘संघीय जनगणतन्त्रको स्थापना गरौं’ भन्दै चैत्र १ गते विरोध प्रदर्शन गर्ने

काठमाडौं,फागुन २६ । नेकपा (क्रान्तिकारी माओवादी)ले चैत्र १ गत्ते विरोध प्रदर्शन गर्ने भएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, संघीय जनगणतन्त्रको स्थापना गरौं भन्ने मूल नाराका साथ विरोध प्रदर्शन तथा सभा गर्न लागिएको हो ।

 

पार्टी र सम्बद्ध जवस मोर्चाको आयोजनामा गर्न लागिएको विरोध प्रदर्शनलाई क्रान्तिकारी माओवादीका शीर्ष नेताहरु तथा जवस मोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

पूर्व निर्धारित कार्यक्रम अनुसार विरोध प्रदर्शन काठमाडौंको शान्तिबाटिकामा दिनको १२ बजे हुने बताइएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरुले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पार्टीका धारणा सार्वजनिक गर्ने बताइएको छ ।

 

 

रणनीतिक संयुक्त मोर्चाको मुख्य पहलकर्ता समेत रहेको क्रान्तिकारी माओवादीको यो कार्यक्रमलाई विप्लव नेतृत्वको नेकपा शान्ति वार्तामा आएपछिको पहिलो कार्यक्रम समेत भएकोले निकै चासोका साथ हेरिएको छ ।