पश्चिमी वायुको प्रभावले शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ,फागुन २७। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

बिहीबार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

शुक्रबार प्रदेश २ मा आंशिक बदली रहि बाकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

 

शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।