दरबारमार्गमा ५० लाख लगानीमा जुकोट दरवार रेस्टुराँ,सञ्चालनमा,सेवा सुविधाहरू यस्ता छन्

काठमाडौं,फागुन २७। दरबारमार्गमा केही महिना अगाडी मात्र जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज सञ्चालनमा आएको छ।

 तीन दाजुभाइ मिलेर ५० लाखको लागनीमा जुकोट दर्बार आफ्नै उत्पादनको मार्सी खाना र अन्य लोकल परिकार्को रेस्टुरेन्ट सञ्चालन गरेकाे अमृत बहादुर शाहीले बताएका छन्।

 

याे रेस्टुराँ त्रिचन्द्र कलेज,घण्टाघरबाट दरबारमार्ग जाने क्रममा महेन्द्रको शालिक नपुग्दै दायाँतिर भेटिन्छ, जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज केही महिना अगाडी मात्र सञ्चालनमा आएको सञ्चालक अमृत बहादुर शाहीले जानकारी दिए।  

 

यो छोटो अवधिमा पाएको रेस्पोन्सले सञ्चालक शाही उत्साहित भएका छन् ।कोरोना महामारीपछि धमाधम व्यवसाय बन्द भए पनि आफुले जाेखिम माेलेर संञ्चालनमा ल्याएकाे शाहीले बताए। उनले भने,कतिले त पुरानाे गर्दै आएकाे व्यवसाय सम्म बन्द गरे तर हामीले जाेखिम माेलेर भए पनि नयाँ व्यवसाय संञ्चालन गर्ने आँट ग-याैं।

 

 हामीले अघिल्लाे बर्ष नै रेस्टुराँ सञ्चालनमा ल्याउने तयारी गरेका थियाैं भवन भाडामा लिएर संञ्चालन गर्ने तयारी भइरहेको थियो तर बिचैमा लकडाउनले गर्दा धेरै समय काम अगाडी बढाउन सकिएन,७ महिनाकाे भाडा मात्र तिर्न पर्‍यो ।

चिटिक्क परेका सल्लाका कुर्सी र टेबल । सेतो रंगले पोतिएका भित्ताहरु आकर्षक देखिन्छन् । जुकोट दरबार छिर्ने बित्तिकै यहाँको माहोलले लोभ्याउँ छ ।

 

रेस्टुराँ विहान ८ बजेदेखि राती ३ बजेसम्म सञ्चालन हुने गरेकाे शाहीले बताए ।यस रेस्टुराँमा एकै पटकमा ६० जना मानिस बस्न सक्ने क्षमता रहेकाे छ । 

 

 

 याे रेस्टुराँमा सबैभन्दा बढी अर्डर हुने आइटम हो, मार्सी चामलकाे खाना बाजुराको कालो सिमीको दालसँग यो आइटम दैनिक २ दर्जन भन्दा बढी अर्डर हुने गरेकाे शाही बताएका छन्।

 

यस बाहेक झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको आइटम यहाँका स्पेशल परिकार हुन्, इटालियन र मेक्सिकन परिकार पनि उपलब्ध हँदै आएका छन् ।

 

एक पटक आएका ग्राहकहरू फर्केर आउने गरेको सञ्चालक शाही बताउँ छन् । मार्सी भातको आइटम दैनिक २५ भन्दा बढी अर्डर हुने गरेको उनी बताउँछन् । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ ।

दुबई र चेक रिपब्लिकमा काम गरेका अनुभवी सेफ भुपेन्द्र खड्काको मातहतमा २ जना कुक छन् । हरेक हप्ता सेफ खड्काले स्टाफलाई फुड् र हस्पिटालिटीका बारेमा प्रशिक्षण दिने गरेका छन् । 

 

राम्रो सर्भिस र परिकारमा फरक स्वाद भयो भने ग्राहक तान्न गार्‍हो नहुने सञ्चालक शाही बताउँछन् । खानाका परिकार स्थानीय स्वाद पस्किने र स्थानीय उत्पादनहरुलाई बढि नै प्राथमिकता दिने आफ्नाे लक्ष्य रहेकाे शाहीले बताए।

 

बाजुरामा फल्ने स्याउले बजार पाईरहेको छैन । आउने सिजनदेखि नै स्याउका विभिन्न परिकारहरु यहाँ राखिने सञ्चालक शाहीले बताए । अब स्याउको अचार, स्याउको सुकुटी र फ्रेश प्याकिङ स्याउ उपलब्ध गराउने तयारीमा आफुहरू रहेकाे बताए।