खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक भोलि बस्दै,चैत पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय

काठमाडौं,फागुन २८। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले भोलि ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेकाे छ।

 

शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर भाेली केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हाे।

 

 

आजकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने समेत निर्णय गरेको छ। भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर अगाडी लैजाने आकस्मिक स्थायी कमिटी बैठकले निर्णय समेत गरेकाे छ।