आज मिति २०७७ साल फागुन २९ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाईनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघी बढ्नेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल