आज यी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ,हावाहुरिसहित,वर्षाको संभावना
काठमाडौँ,फागुन २९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।
महाशाखाका अनुसार राती गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।