सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु मूलधारमा ध्रुवीकृत हुनुपर्छ,प्रधानमन्त्रीले क्रान्तिकारीहरु संसदीय मूलधारमा आए भन्नु झुट:मोहन वैद्य (किरण)

काठमाडौं,चैत १।  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्व जवस-मोर्चाको संयुक्त कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।

 

विरोधसभा हुनपूर्व शान्तिबाटिकाबाट निस्किएको विरोध -याली पुरानो बसपार्क, भद्रकाली, सहिद गेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, वीर अस्पताल हुँदै पुनः रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो।

 

नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेको विरोधसभाको सञ्चालन अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव हिरामणि दुःखीले गर्नु भएको थियो । त्यस्तै विरोध सभाको बीच-बीचमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए ।

 

 

आज जवस -मोर्चाहरुकाे काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका छन् ।  महासचिव वैद्यले क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै नेपालमा एक पटक फेरि बन्दुक उठ्ने दाबी समेत गर्नु भएको थियो।

त्यस्तै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको ठाेकुवा गरेका छन्।

उनले भने प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मूलधारमा आएको अभिव्यक्ति प्रति आपति जनाउदै महासचिव वैद्यले टिप्पणी गरे, क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि जिकिर गर्नु भएको थियो।  

 

 

महासचिव वैद्यले भने, ‘प्रधानमन्त्रीले दुईवटा कुरा भने छन्। एउटा कुरा के भने,अब सब संसदवादी मूलधारमा आए भन्नु त्याे  झुट हो । सरासर झुट हो । संसदवादी मूलधारमा हामी छैनौँ ,यी क्रान्तिकारीहरु छैन्न। यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । अब एक पटक क्रान्ति गर्नुपर्छ,पहिलो कुरा त्यो हो ।

 

 

दोस्रो कुरा, अब शान्तिको नयाँ युग सुरु भयो भन्नु ,यो पनि झुट हो । विप्लवजीहरुले सम्झौता गर्ने वित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो सुरु भएको छैन ।

 

 

यहाँका समस्याहरु छन्, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग सुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिस्ट नामधारीहरु शहीदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ? शान्तिको युग अब एक पटक क्रान्ति गरेपछि आउँछ ।

 

बन्दुक उठाएपछि के हुन्छ? बन्दुक उठ्छ। अब सबै जनता एक पटक क्रान्तिकाे लागि अगाडी बढ्नु पर्छ त्यस पछि मात्र शान्तिकाे युगसुरू हुन्छ। त्यस्तै महासचिव मोहन वैद्य किरणले संसदवाद र संशोधनवादमा भुकम्प गएको बताउनु भएको छ ।

 

 

संघीय जनगणतन्त्र हुँदै मुलुकमा वैज्ञानिक समाजवादको स्थापना नभएसम्म जनवर्गीय तथा मोर्चा संगठनहरुले उठाएका कुनै पनि मागहरुको वास्तविक सम्बोधन नहुने बताउनु भयो ।

 

 उहाँले भन्नुभयो, “कम्युनिस्ट क्रान्तिकारीहरु संसदीय मूलधारमा होइन क्रान्तिकारी राजनीतिको मूलधारमा ध्रुवीकृत हुनु पर्दछ ।  


संसदीय व्यवस्था मुलुकमा विद्यमान राष्ट्रिय स्वाधीनताको रक्षा, जनअधिकार तथा जनजाीविकाका समग्र समस्याहरुको समाधान दिन पूर्ण रुपमा असफल भइसकेकोले अब संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादले मात्र यी समस्याको  समाधान दिने ठोकुवा गर्नुभयो ।

 

 

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताउनु भयाे।उक्त कार्यक्रम पार्टी सम्बद्ध विभिन्न २१ वटा जवस मोर्चाको संयुक्त आयोजनामा भएको थियो । 

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जवस-मोर्चाको संयुक्त  कार्यक्रममा बाेल्दै उनले भने हरेक नागरिकलाई राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क सर्वसुलभ तथा गुणस्तरिय दिनुपर्ने भएपनि त्यो सुविधाबाट नागरिकलाइ बञ्चित गरिएको टिप्पणी गर्नु भयाे।

 

 

शिक्षा र स्वास्थ्य दलाल र माफियाको कब्जामा छ,‘उनले भने,अहिले पैशा कमाउन मात्रै यो क्षेत्रमा लगानी बढेको छ । क्रान्तिकारीले विगतदेखि नै निःशुल्क शिक्षा वैज्ञानिकरणमा जोडदिदै आएको पनि उहँले बताउनु भयाे।

 

 

विरोधसभालाई सम्बाेधन गर्दै अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङ भने आदिवासी जनजातिहरूले विभिन्न आन्दाेलनमा धेरैले ज्यान गुमाए तर अहिले सम्म न्याय पाउन सकेका छैन्। जनजतिले अझै पनि हक अधिकारकाे निमित आन्दाेलन गरि रहनु पर्ने अबस्था रहेकाे छ।आन्दाेलनबाट पाएका सेवा सुविधा पनि कटाैति गरिदै  आएका  छन्। त्यसैले याे संसदीय व्यवस्था कम्युनिस्टकाे व्यवस्था हाेइन कम्युनिस्टकाे व्यवस्था भनेकाे संघिय जनगणतन्त्र र वैज्ञानिक समाजवाद भएकाे बताए। 

 

विरोधसभालाई सम्बाेधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले भने पञ्चायतले ३० वर्ष ठग्याे भने अहिलेका महाकाली बेच्ने राष्ट्रवादी प्रधानमन्त्रीले जनतालाइ अब कति ठग्ने हाे त्याे हेर्न बाँकी छ। अब हामी यस्ताे नालायक संसदीय व्यवस्थाका विरूद्ध अब एक पटक संघिय जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्न अगाडी बढ्नु पर्छ। 

 

विरोधसभालाई सम्बाेधन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुड्भरीले भनिन्न अझै पनि महिलाहरू असुरक्षित भएर हिड्नु पर्ने अवस्था रहेकाे छ। अहिलेकाे याे संसदीय व्यवस्थाले महिलालाइ अझै पनि हक अधिकारबाट वन्चित गर्दै शाेषण,दमन र विभिन्न वाहानामा व्यापारीकरण गरि रहेकाेछ।अब पनि त्यही अबस्था रहने हाे भने उत्पिडित महिलाहरू एक भएर अगाडी बढ्नुकाे अर्काे विकल्प रहेकाे छैन।  

विरोधसभालाई सम्बाेधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले भने नेपालका मजदुर वर्ग अझै पनि अपहेलित भएर बाच्नु पर्ने अबस्था रहेकाे छ। अहिलेकाे दलाल सरकारले दलाल संसदीय पुजीँवादी व्यवस्थाले अहिले मजदुरहरू थिच्चाे मिचाे गर्दै आएकाे छ। अब मजदुर आन्दाेलन नयाँ ढंगबाट अगाडी बढाउन हामीले तीन महिने अभियान सञ्चालन गरेका छाैं । 

 

विरोधसभालाई सम्बाेधन गर्दै क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जनले भने सरकारले वेराेजगार युवालाइ राेजगार दिनु एउटा दाहित्व पनि हाे तर केपी सरकार जसरी हुन्छ युवा सक्तिलाइ विदेस पठाउन चाहन्छ सरकार सात लाख वेराेजगार युवा छन् तर दुइ लाख युवा मात्र युवा साेराेजगार हुने गरी सरकार प्रधानमन्त्री साेराेजगार कार्यक्रम ल्याउछ र प्रधानमन्त्रीलाइ युवाका कुरा राख्न ज्ञापन पत्र बुझाउन खाेज्दा पनि भेट्न पाइदैन भने जनताकाे सरकार कसरी हुन्छ याे सरकार भनेकाे दलाल,माफियाहरूकाे हाे भन्ने कुरा यसरी थाहा हुन्छ । 

 

विरोधसभालाई सम्बाेधन गर्दै नेपाल दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विकले अझै पनि दलितहरू दाेर्षाे दर्जाकाे नागरिक भइ बाच्नु पर्ने अवस्था जस्ताकाे त्यस्तै छ। त्यसैले अब एक पटक दलित समुदायका हक अधिकारका निमित लड्नु पर्ने अवस्था सृजना भएकाे छ। पार्टीका जवस-माेर्चा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।