यी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,चैत २। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमानचैत्र ०२ गते ९सोमबार०

आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।