दोस्रो तहका नेतासहित ओली–नेपाल धुम्बाराहीमा,को-को सहभागी भए दोस्रो तहका नेताहरू

काठमाडौं,चैत २। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू वार्ताका लागि पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।

 

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

 

 

त्यस्तै ओली समूहबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन्। दुबै पक्षबीच ११ बजेदेखि वार्ता हुने भनिएको थियो।

 

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो। नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि प्रधानमन्त्री ओली धुम्बाराही आएका हुन ।