आज मिति २०७७ साल चैत ५ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

 

 

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, हा- शुभ कार्यको लागि यात्रा हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रसन्न भइनेछ ।

 

 

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते – आज विद्या, विवेक, बुद्धि र समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त संग भेटघाट पनि रहला ।

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- धार्मिक कार्य सफल रहनेछन । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

 

 

वृष  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो– आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

 

कन्या  टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

 

 

 

मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज जे गरे पनि सफलता हात पर्ने सम्भावना छ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ । – ज्यो।प। नारायणप्रसाद दुलाल