आज यी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षा सम्भावना

काठमाडौं,चैत ६।जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जनाएको छ।

 

हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

 

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।