पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,चैत ८ ।पश्चिम चितवनमा एकजना महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेली नगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

 

इलाका प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान करिब ४ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

 

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।