एमाले नेपाल समूहले दुई महिना ‘संगठन निर्माण र सुदृढीकरण अभियान चलाउने,वडा तहसम्म कमिटी बनाउने घोषणा
काठमाडौँ,चैत २१। नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ।
कलंकीको एक पार्टी प्यालेसमा शुक्रबार र शनिबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।
‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताए ।
यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।
अभियानका क्रममा अधिवेशनरमहाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरूको पुनस् सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन हुनेछ ।
यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइने नेता योगेश भटटराईले जानकारी दिए ।
यो अभियान पार्टी एकताको रक्षाका लागि भएको उनले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।
बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।