नेपालमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि,थप ११७ जना डिस्चार्ज

काठमाडौं,चैत २२।  नेपालमा थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८५ हजार २ सय ८८ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ। हाल ५७ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १ सय १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ।