आज यी प्रदेशमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,बैशाख १। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।सुदुपश्चिम,  कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भूभागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज रातीस् देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई ठाँउ मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भूभागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।