यी प्रदेशका पहाडी भूभागहरुमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं,बैशाख ३।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बादल र बाँकी भूभागमा आंशिक बादल रहेको अवस्था छ ।

 

 आज दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

 

प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हरसाँझतिर मेघगर्जन,चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।