एमाले नेपाल पक्षका चार जना सांसदले ह्वीप उल्लंघन गर्दै मत दिएपछि,जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद
काठमाडौं,बैशाख ३ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका चार जना सदस्यले ह्वीप उल्लंघन गर्दै मत दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत जित्नुभएको छ ।
३७ जनाले मतदानमा भाग लिएकोमा मुख्यमन्त्री शाहीका पक्षमा २२ मत परेको छ । १५ मत विपक्षमा परेको छ ।
एमालेको नेपाल पक्षका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर पुन र कुर्मराज शाहीले पार्टी ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीलाई मत दिनुभएको छ । यसले एमाले एक रहन नसक्ने संकेत गरेको छ ।