अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले लेनिनको १५२ औं जन्म जयन्ती र नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी  

         प्रेस विज्ञप्ति 

 आज २२ अप्रिल । आज‌कै दिन अर्थात् सन १८७०  अप्रिल २२ का दिन विश्व सर्वहारावर्गका महान् नेता , माक्र्सवादका बिषद व्याख्याता र लेनिनवादका प्रवर्तक तथा माक्र्सवादका  पहिलो प्रयोगकर्ता महान् भ्लादीमिर इल्यिच लेनिनको रुसको प्रख्यात नदी भोल्गा नदीको किनारमा अवस्थित सिम्विर्स्क शहरमा भएको थियोे । आज संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुले महान् लेनिनको १५२ आौ जन्म जयन्ती धुमधामका साथ मनाउन गइरहेका छन् । 

   
 
यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र महान् लेनिनका विचारहरुको संरक्षण गर्ने , प्रचारप्रसार गर्ने र उहाँप्रति सम्मान प्रकट गर्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।

     
 
महान् लेनिनले पुँजीवादको मरनासन्न अवस्था साम्राज्यवाद हो र साम्राज्यवादी युग साम्राज्यवाद र सर्वहारावर्गबीचको भीषण वर्गसंघर्ष युग हो भन्दै साम्राज्यवाद वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेला हो भन्ने संश्लेषण गर्नु भयो साम्राज्यवादमा पतन भइसकेको रुसमा आफ्नै नेतृत्वमा सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) का महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भयो ।
   
 
रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो र अक्टोबर क्रान्ति माक्र्सवादको सफल प्रयोग थियोे । माक्र्सले द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवाद , सर्वहारावर्गको राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका रुपमा माक्र्सवादको सैध्दान्तिक प्रतिपादन गर्नुभएको थियोे । लेनिनले रुसी धर्तीमा सफलतापूर्वक माक्र्सवादको प्रयोग गर्नु भयो र यसक्रममा माक्र्सवादलाई।माक्र्सवाद – लेनिनवादका रुपमा विकसित तुल्याउनु भयो । यसरी माक्र्सवादी ज्ञानभण्डारमा  अतुलनीय योगदान गर्नु  भएकोले लेनिन विश्व सर्वहारावर्गको महान् नेताको रुपमा स्थापित हुनु भएको थियोे ।
   
 
 सोभियत रुसमा सम्पन्न महान् अक्टोबर क्रान्तिको सफलताले सिंगो विश्वलाई प्रभावित तुल्याएको थियो । त्यस ऐतिहासिक परिघटनाबाट प्रभावित भएर चीन , भारत , नेपाल  लगायत विश्वका कैयन देशहरूमा कम्युनिस्ट पार्टी स्थापना हुन पुग्नुका साथै चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुन पुग्यो ।
     
 
आजको युग साम्राज्यवाद र सर्वहारावर्गको भीषण वर्गसंघर्षको युग हो । यसकारणले  पनि महान् लेनिनका योगदानहरु  ज्यादै  महत्वपूर्ण र अमर छन् । उहाँका विचार र योगदानहरु रक्षा , प्रयोग र विकास गर्ने सवालमा हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र पनि प्रतिबध्द रहने दृढता व्यक्त गर्नु नै लेनिनप्रतिको सच्चा श्रध्दान्जली हुने ठान्दछ । धन्यवाद ।
                                                   क्रान्तिकारी अभिवादन सहित ।
 
मिति : २२ अप्रिल २०२१
 
                                                                                        ( हस्तबहादुर केसी )
                                                                                               अध्यक्ष 
                                                                               अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 
                                                                                केन्द्रीय कार्यालय काठमाडौं , नेपाल