नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौँ उपत्यकामा मात्र ११७४ जनामा संक्रमण
काठमाडौं,बैशाख ९। नेपालमा थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा हालसम्म गरिएको २३ लाख ७९ हजार ४०२ जनाको पिसिआर परीक्षणमा २ लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन्।
आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरि, ८१ जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै गुम्मीमा १० जना, दाङमा २३ जना, पाल्पामा ४२ जना, बर्दियामा ३१ जना, रूपन्देहीमा १२५ जना, कञ्चनपुरमा ३७ जना र कैलालीमा ७३ जानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।