आज यी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना
काठमाडौं,बैशाख १०।हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।
बिहीवार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।
राती देशभर पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।