समृद्धिका लागि पूर्वाधार निर्माणको तिब्रतामा जोड :मन्त्री नेम्बाङ

काठमाडौं,बैशाख ११ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देशको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने काममा तिब्रता दिनुपर्ने बताउनुभएको छ ।

 

नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभयो ।

 

देशमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

 

सरकारले बोकेको राष्ट्रिय आकांक्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि उहाँले बताउनुभयो ।