नेपालमा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,बैशाख १२ । नेपालमा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप २८ जनाको मृत्यु भएको छ ।

 

 मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।

 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।

 

 

  देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । जसमध्ये १७ हजार ७८८ जना होम आइसोलेसनमा र १५९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित  

  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यस्तै काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

 

यस्तै बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, बाँके, कास्की, रूपन्देही र सुर्खेतमा सक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।