अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्नु सरकारको निरंकुशतावादी एवं फासीवादीचरित्रको घोर विरोध र भ्रत्साहना
प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ” रअ” प्रमुख सामन्त कुमार गोयलसित सरकारी निवास बालुवाटारमा रातको समयमा तीन तीन घण्टासम्म गरिएको गोप्य वार्ताका विषयमा समाचार लेखेकै कारण आज उज्यालो अनलाइन नेटवर्कका कार्यकारी सम्पादक र महाप्रबन्धक दुर्गालाल तामाङ ” प्रभात ” लाई गैर न्यायिक ढंगले गिरफ्तार गरेको छ प्रहरीले उच्च अदालत पाटनले पक्राउ नगर्न भन्ने आदेशलाई अवज्ञा गर्दै पत्रकारहरुलाई पक्राउ गरिएको छ ।
विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र समाचार लेखेकै भरमा पत्रकारहरुलाई नेटवर्कको कार्यालयमा प्रवेश गरि अन्धाधुन्ध रुपमा पक्राउ गरिनु प्रेस स्वतन्त्रताको घोर उलंघन हुनुको साथै अदालतबाट पक्राउ नगर्ने आदेश हुदाहुदै पक्राउ गरिनु सरकारको निरंकुशतावादी एवं फासीवादीचरित्रको घोर विरोध र भ्रत्साहना गर्दछ र गैर न्यायिक रुपमा पक्राउ गरिएका श्रमजीवी पत्रकारहरुलाई विनासर्त तुरुन्त रिहा गर्न र झुटा मुद्दाहरु खारेज गर्न जोडदार रुपले माग गर्दछ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : २५ अप्रिल २०२१
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल