नेपालमा थप ४९२९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,बैशाख १६।नेपालमा थप ४९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२५९७ जनाकाे पीसीआर परीक्षण गर्दा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै काठमाडौँ उपत्यकामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित
मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
यस्तै रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना, कैलालीमा ३३९ जना, दाङमा १८१ जना, पर्सामा १५० जना, सुर्खेतमा १३६ जना, चितवनमा १३० र कास्कीमा १२२ जनामा,पाल्पामा ८६, झापामा ६५, कञ्चनपुरमा ६३, धनुषामा ६०, मोरङमा ५४, काभ्रेपलाञ्चोकमा ५१, कपिलवस्तु र नवलपरासी पश्चिममा ४१/४१, नुवाकोट र डोटीमा ३५/३५ जना, बारा र बैतडीमा ३०/३० जना, नवलपरासी पूर्वमा २७ जना, गुल्मी २६ जना, सिन्धुलीमा २५ जनामा, महोत्तरी र बर्दियामा २४/२४ जना, रौतहट, सर्लाही र सिन्धुपाल्चोकमा २१/२१ जना, रामेछाप र गोरखामा १९/१९ जना, धादिङमा १७ जना, स्याङ्जा र अर्घाखाँचीमा १८/१८ जना, जुम्लामा १४ जना, अछाममा १३ जना, सल्यानमा १२ जना, रसुवा र प्युठानमा ११/११ जना, दोलखा, तनहुँ, लमजुङ र बझाङमा ९/९ जना, बागलुङमा ७ जना, ताप्लेजुङ, सप्तरी र डडेल्धुरामा ८/८ जनामा, दैलेखमा ६ जना, उदयपुर, पर्वत, म्याग्दी र रूकुम पश्चिममा ५/५ जना, ओखलढुंगा र मकवानपुरमा ४/४ जना, धनकुटा, रूकुम पूर्व, रोल्पा र जाजरकोटमा ३/३ जना, दार्चुलामा २ जना र खोटाङ, भोजपुर, कालीकोट, डोल्पा, हुम्ला र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै बिहीबार ९ वर्षमुनिका ८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्षमुनिका २९५ जना कोरोना संक्रमित भेटिएका छन् ।