आज यी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौं,बैशाख १९। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
हाल देशभर पहाडी भूभागहरुमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षा भएको महाशाखाको भनाइ छ ।
आइतवार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।
त्यस्तै आज, राती प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्ज, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।