ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्टका लागि १ करोड सहयोग

काठमाडौं,बैशाख १९। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट खरिद गर्नका लागि ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ सहयोग गरेको छ।

 

 

महानगर प्रमुख चिरीबाबु महर्जन र पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले खरिद सम्झौतामा हस्ताक्षर गरेका र महर्जनले डा. शाक्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बताइएको छ।

 

अस्पतालका अनुसार करिब १० वर्षअघिको अक्सिजन उत्पादन गर्ने मेसिन अस्पतालमा रहेकोमा कोरोना भाइरसको महामारी सुरु भएसँगै बिग्रेर थन्किएको छ।