बाँकेमा कोरोना संक्रमणले थप दुईजनाको मृत्‍यु

सांकेतिक तस्विर

काठमाडौं,बैशाख २३ । बाँकेमा कोरोना संक्रमणले थप दुईजनाको मृत्‍यु भएको छ ।दाङ शान्तिनगर ६की ७५ वर्षीया महिलाको विहीबार विहान ९: १५ बजे नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरमा मृत्‍यु भएको छ ।

 

वैशाख १६ गते कोरोना संक्रमण देखिएको उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्‍यु भएको नेपालगञ्‍ज मेडिकल कलेज, कोहलपुरले जनाएको छ ।

 

यस्तै कोहलपुर-१ बाँकेका ७३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्‍यु भएको छ । काठमाडौबाट घर लैजाँदै गर्दा बिहीबार विहान ५ बजे बाटोमै मृत्‍यु भएको जनाइएकाे छ।उनको आजै बिहान काठमाडौँको डिकोड ल्याबमा पीसीआर परीक्षण गरिएको थियो ।