प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं,बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो बढेकाे छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे आजको क्याबिनेट मिटिङ आकस्मिक नै रहेकाे बताइएकाे छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन जम्मा दुइ दिन बाकीँ रहँदा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।