कोरोनाको वाहानामा राज्यको सम्पत्तिमाथि ब्रह्मलुट नमच्चाउन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको सरकारलाइ चेतावनी
काठमाडाैं,बैशाख २५। विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्रले अहिलेकाे सरकारले जनताकाे रक्षा भन्दा पनि काेराेनाकाे वाहानामा पैसा कमाउने धन्दामा लागेकाे ठहर गर्दै राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट नमच्चाउन चेतावनी दिदै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गरेका छन्।
प्रेस विज्ञप्ति :-
——
विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कोरना भाइस ( COVID – 19) नियन्त्रण र रोकथाम गर्ने कार्यमा साम्राज्यवादमा गरिरिसकेको पुँजीवादी संसदीय व्यवस्थाहरु पूर्णरूपमा असफलसिध्द भइसकेका छन् । असफल हुनुको मुख्य कारणमा जनताप्रति अनुत्तरदायी हुनु , कोरोना भाइरस नियन्त्रण र रोकथाममा पुँजीवादी संसदीय सरकारहरु लापरबाही र उदासीन हुनु , कोरोना कहरलाई निहु बनाएर भ्रष्टाचार , कमिसन , व्यापार युध्द लचाएर राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउनु र जनताकाबीचमा डर , त्रास र आतंक तथा भयावह मच्चाएर कोरोनालाई पैसा कमाउने साधन बनाउदै आएका कारण पुँजीवादी संसदीय व्यवस्थाहरु कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कार्यमा पूर्णरूपमा असफल हुदै गइरहेका छन् भन्ने निश्कर्षमा पुगेको छ ।
सढेगलेको संसदीय व्यवस्था अंगालेको,साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको नेपालको दलाल सरकार कोरोना कहरलाई पैसा कमाउने,कमिसन बटुल्ने र चरम भ्रष्टाचार गर्ने साधन बनाएको र कोरोना कहरलाई व्यापारयुध्दको रुपमा प्रयोग गरेको छ । यश प्रवृत्तिकाबारेमा हाम्रो संगठन घोर विरोध र भ्रत्साहना गर्दछ ।
कोरोना भाइरसको महामारीबाट जनताको ज्यू ज्यानको सुरक्षा गर्न एक मात्र वैज्ञानिक विकल्पका रुपमा वैज्ञानिक समाजवादी व्यवस्थाहरु हुन सक्छन् भन्ने प्रमाणका रुपमा उत्तर कोरिया,चीन,भियतनाम ,क्युवा आदि समाजवादी व्यवस्था अंगालेका देशहरु व्यवहार मै प्रमाणित हुन पुगेकाले हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले वर्गीय मुक्ति विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोगथाम , नियन्त्रण र पूर्णरूपमा निर्मूल पार्नका निम्ति साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा एक मात्र वैज्ञानिक उपाय वैज्ञानिक समाजवादी राज्यव्यवस्थाहरु मात्र विकल्पका रुपमा रहेको ठहर गर्दछ । र , हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्र विश्व मानव जनसमुदाय वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प नरहेको ठहर गर्दछ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : ८ मे २०२१
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल