ओली सरकारलाइ शिक्षा र स्वास्थ्य माफियाहरुको संरक्षण नगर्न अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलद्धारा जारी विज्ञप्ति मार्फत चेतावनी
काठमाडौं,बैशाख २५। नेकपा क्रान्तिकारी माओवादीको निकट अखिल (क्रान्तिकारी)ले शिक्षा र स्वास्थ्यमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ।
कोभिड–१९ को खोप आउन नसक्नुमा ओली सरकारले स्वास्थ्य माफियाहरुलाई संरक्षण गर्नुका साथै स्वयं सरकार नै माफियाको जालोमा फस्न पुग्नु र ती माफियाहरुको नेत्तृत्व समेत सरकारले गरीरहेको पछिल्ला गतिविधिबाट प्रष्ट हुन गएकाले जनताप्रती गैरजिम्मेवार सरकारविरुद्ध सशक्त संघर्षमा उत्रने विज्ञप्ति मार्फत चेतावनी दिएको छ।
साथै, स्वास्थ्य माफियाहरुलाई अविलम्ब कावाही गर्न समेत अपिल गरिएकाे छ, अन्यथा जनताप्रती गैरजिम्मेवार नेपाल सरकार विरुद्ध सशक्त संघर्षमा उत्रने र स्वास्थ्य माफियाहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिइएको छ। नेपालको क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व गर्दै आएको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा प्रेस वक्तव्य जारी गरिएको छ ।