आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,बैशाख २७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहेको छ। प्रदेश न २, बाग्मति प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चचिमका भूभागका थेरै स्थानमा मेघ गर्जन सहित वर्षा भई रहेको छ ।

 

 

आज दिउँसो देशको पहाडि भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।