माधव–झलनाथ समूहका सांसदको राजीनामा रोकियो ,ओली अवैध अध्यक्ष हुन्,कसरी ह्विप मान्ने
काठमाडौं,बैशाख २७ । नेकपा एमालेको माधव–झलनाथ समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।
सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अवैध अध्यक्ष भएकाले ह्विप मान्नु पर्ने अवस्था नरहेकाे नेता भीम रावलले बताएका छन् ।
माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले केपी शर्मा ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध अध्यक्ष भएको उनले बताए ।
अवैध अध्यक्षले निर्देशन दिएको हामीलाई मान्य हुँदैन, रावलले भने, “उहाँले सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ । पहिला ओली वैध हुनुपर्छ । त्यसपछि मात्रै ह्विप मान्छौँ उनले भनेका छन्।