कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु
काठमाडौं,बैशाख २७ । रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरसकाे संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
रौतहटको गढीमाई नगरपालिका- ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर्षीया भाउजुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
थप उपचारका लागि अस्पताल लैजाने क्रममा महिलाको सोमबार बाटोमै मृत्यु भएको हो । उनी गौरस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत थिइन् ।मृतक महिलाको श्रीमानमा पनि संक्रमण देखिएको छ । उनको गौर अस्पतालमा उपचार भइरहेको छ ।
यस गरी सोमबार दिउँसो गौर ५ का एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । अस्थायी कोभिड अस्पताल गौरमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सोमबार बिहान मात्रै सोही अस्पतालमा बलरा ३ की ५६ वर्षिया महिलाको पनि मृत्यु भएको थियो ।सोमबार एकैदिन तीन संक्रमितको मृत्यु भएसँगै विगत १४ दिनमा रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।