संसदले दिएन विश्वासको मत,प्रधानमन्त्री ओली पदमुक्त:यी हुन ओलीलाई मत नदिइ ह्वीप उलंघन गर्ने नेपाल समूहका २८ सांसद (नामसहित)
काठमाडौं,बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे ।प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् ।तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन्। जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन्।
त्यस्तै नेकपा एमाले माधव नेपाल पक्षका २८ जना सांसदले ह्वीप उलंघन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा नेपाल समूहका २८ जना सांसदले मत दिएनन्।ह्वीप उलंघन गर्ने नेता नेपालसहित प्रत्यक्षतर्फ २० र समानुपातिक तर्फ ८जना सांसद रहेका छन।
यी हुन ह्वीप उलंघन गर्ने सांसद
माधवकुमार नेपाल
जीवनराम श्रेष्ठ
नारायण खतिवडा
घनश्याम भुसाल
गोकर्ण विष्ट
सोमप्रसाद पाण्डे
योगेश भट्टराई
झलनाथ खनाल
पवित्रा निरौला खरेल
भवानी खापुङ
जयकुमार राई
यज्ञराज सुनुवार
गणेश पहाडी
विरोध खतिवडा
कृष्णलाल महर्जन
मेटमणी चौधरी
झपट रावल
भीमवहादुर रावल
दिपकप्रकाश भट्ट
सुरेन्द्र पाण्डे
रामकुमारी झाँक्री
सरला यादव
पुष्पाकुमारी कर्ण
कल्याणी खड्का
निरादेवी जैरु
कलिला खान
लक्ष्मीकुमारी चौधरी
मुकुन्द न्यौपाने