नेपालमा थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि,थप १३९ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,बैशाख २७ । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा र ७८८ जनाको एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।
तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३९ जनाको एकै दिन मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना , सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।