मन्त्रिपरिषद् बैठक सकियो, संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं,बैशाख २७। प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेएको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो।

 

 

संसदको विशेष अधिवेशन विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस भएको हो।

 

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, यातायातमन्त्री बसन्त नेम्वाङ ,भुमिसुधारमन्त्री शिवमाया तुम्वाहाम्फे, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, कानुनमन्त्री कृष्णगोपाल श्रेष्ठ ,मुख्यसचिव शंकरदास बैरागी लगायत १६ जना सहभागी थिए । संसदमा विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी ओलीले तत्कालै मन्त्रिपरिषद् बैठक बाेलाएका थिए।