यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं,बैशाख २८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था देशका सुदुरपश्चिम प्रदेश,कर्णालि प्रदेश, गण्डकि प्रदेश र लुम्विनि प्रदेशका भूभागहरुमा सामान्य बदली रहेको छ र बाँकि भूभागहरुमा आंशिक वदलि रहेको छ।
आज दिउँसो देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहि देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।