काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा,विकास निर्माणका काम पनि बन्द हुने

काठमाडौं,बैशाख २८ । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

 

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ। 

 

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय भएकोछ।

 

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो ।

 

 निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु र तरकारीका पसल विहान ९ बजेसम्म खोल्न पाइन्छ । अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन नपाइने भएकाे छ।