आज यी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौं,बैशाख २९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था देशका सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भूभागमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भुभागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशका अधिकांश भूभागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै एक(दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।