लगातार ५ दिनसम्म यी तीन लक्षण देखिए कोरोना हुनसक्छ

काठमाडौं। विश्वभर कोरोनको प्रकोप बढेको छ । कोरोना संक्रमितको मानिसहरुको संख्या प्रतिदिन बढ्दै गईरहेको छ । जर्नल एनल अफ इन्टरनल मेडिसनको एक रिपोर्टका अनुसार, कोरोना भाइरसका तीन वटा लक्षण शुरुवाती पाँच दिनमा देखिएको खण्डमा तत्काल स्वास्थ्य चौकीमा गएर परिक्षण गराउनु आवश्य छ ।

यी तीन लक्षण लगातार देखिए कोरोना हुनसक्छ –

-कोरोना भाइरस संक्रमण् भएका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन थाल्दछ ।

 

-संक्रमितलाई तीव्र ज्वरो आउन थाल्छ र उसको शरीरको तापक्रम अत्याधिक बढ्दै जान्छ ।

 

-कोरोना भाइरसको संक्रमण भयो भने शुरुवाती ५ दिनमा मानिसलाई श्वास फेर्न एकदमै असहज हुने

 

रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् ।

 

तर सामान्य तरिकाले हुने फ्लू इन्फेक्सनमा केहि दिन पछि नै बिरामीहरु रिकभरी हुने र निमोनिया केहि हप्ता वा महिनासम्म रहने शोधले बताएको छ ।