नेपालमा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टि,थप १६८ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,बैशाख २९।नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर परिक्षण गर्दा र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०५ जनामा  संक्रमण पुष्टि भएकाे छ। पिसिआरबाट ९ हजार २३८ र एन्टीजेनबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।

 

त्यस्तै काठमाडौं उपत्यकामा आज ३ हजार ९२४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित थपिएका हुन् ।

 

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४जना सक्रिय संक्रमित रहेका छन्।

 

त्यस्तै ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।त्यस्तै आज देशभर चार हजार ४४४ जना व्यक्ति निको भएका छन्।

कुन जिल्लामा कति थपिए संक्रमित 

 सबै भन्दाधेरै काठमाडौंमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै रूपन्देहीमा ७७१ जना ,कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ जना, चितवनमा २०४, बैतडीमा १९९, मकवानपुरमा १८३, सुनसरीमा १३०, पाल्पामा १२१, धनुषामा ११५, काभ्रेपलाञ्चोमा १०८ र पर्सा र दार्चुलामा ७८/७८ जनामा, डोटीमा ७३, स्याङजामा ७१, अछाममा ६८, नुवाकोटमा ६७, नवलपरासी पूर्वमा ५७, धादिङमा ५२, रौतहट र नवलपरासी पश्‍चिममा ४५/४५ जना, सिन्धुली र बर्दियामा ४४/४४ जना, म्याग्दीमा ४२, डडेल्धुरामा ३९, अर्घाखाँची र दैलेखमा ३७/३७ जना, भोजपुरमा ३५, संखुवासभामा ३२ र कञ्‍चनपुरमा ३१ जना, मनाङमा २८, मुस्ताङमा २७, महोत्तरी, कपिलवस्तु र कालिकोटमा २५/२५ जना, बारामा २४, गोरखा र जाजरकोटमा २३/२३ जना, सप्तरीमा २२, गुल्मीमा १८, सिरहामा १७, सर्लाहीमा १६, रसुवामा १५, रामेछाप, सिन्धुपाल्चोक र तनहुँमा १४/१४ जना,पर्वतमा १३, प्युठान र सल्यानमा १०/१० जना, दोलखामा ११, उदयपुरमा ९, इलाममा ८, धनकुटा र रूकुम पश्चिममा ६/६ जना, जुम्लामा,लमजुङ, बागलुङ र रोल्पामा ५/५ जना कोरोना संक्रमित थपिएका छन् भने खोटाङ र बाजुरामा ३/३ जना, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुममा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, डोल्पा र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका २३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।