यसरी निको पार्नूस् ग्यास्ट्रिक,यस्ता छन् ६ उपायहरु

काठमाडौं,बैशाख ३०। अल्पविकसित मुलुकका मानिसहरुमा ग्यास्ट्रिकको समस्या जो कोहीलाइ हुने गर्छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ ।

 

 

ग्यास्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । वाकवाकी लाग्ने, पेट पोल्ने, पेट फुल्ने, तन्केकोे महशुस हुने र खाना खाइसकेपछि अमिलो डकार आउने, छातीमा दुखाइ र कहिलेकाहीं फुलेको महशुस ग्यास्ट्रिकको लक्षणहरु हुन्।

 

यस्ता छन्, ६ उपाय ग्यास्ट्रिक निको पार्ने:- 

 

१-प्रशस्त पानी पिउने- लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ

 

 

२-लसुन पानीको प्रयोग- बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ

 

 

३-खाना समयमा खाने- ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ

 

 

४-कागती पानीको प्रयोग- पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन

 

 

५-कार्बोहाइड्रड कम खाने- पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ

 

 

६-दूध नपिउने- ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।