ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु

काठमाडौं,बैशाख ३१। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केहीबेरअघि भेटवार्ता सुरु भएको हो ।

 

 

भेटमा दोस्रो तहका नेताहरु समेत सहभागी छन्। भेटमा ओली पक्षबाट अर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ लगायत सहभागी छन्। नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन्।

 

 

ओली र नेपालबीच बिहिबार सकारात्मक छलफल भएको थियो। उनीहरुको छलफलपछि नै नेपाल पक्षीय सांसदहरुले गर्ने भनिएको राजीनामा रोकिएको थियो। ओली र नेपालबीच कार्यदल बनाएर पार्टीभित्रको विवाद समाधान गर्ने सहमति समेत भएको थियो।