महिनाबारी गडबडी भइरहेको छ,यस्ता छन्,रोकथामका १० उपायहरू
काठमाडौं,जेठ १। किशोरावस्थामा पुगे देखि ४५/५० वर्ष को नहुन्जेलसम्म महिलाको योनिबाट नियमित समयको अन्तरालमा रक्तस्राव हुनु लाई महिनाबारी भएको भनिन्छ ।
एसरी भएको रक्तस्राव तीन दिन देखि पाँच दिन सम्म कायम रहन्छ । यो सिलसिला महिनै पिच्छे हुने भएकाले एसलाई महिनाबारी भनिएको हो।
सामान्य अवस्थामा यो हरेक २८ दिनमा एक चोटि हुने गर्छ । २८ दिनमा सात दिन ढिलो वा सात दिन छिटो हुनु लाई पनि असामान्य मानिँदैन ।
अर्थात् २१ देखि ३५ दिन को बीच मा हुनु पनि सामान्य नै हो । तर २१ दिन भन्दा चाँडो हुनु वा ३५ दिन भन्दा ढिलो हुनु महिनाबारी मा भएको गडबडी को एउटा संकेत हो ।
अनि महिनाबारी भएको बेला मा पनि अत्यन्त न्यून रक्तस्राव हुनु वा अत्यधिक धेरै रक्तस्राव हुनु लाई पनि महिनाबारीमा गडबडी भएको मानिन्छ ।
महिनाबारी हुँदा तल्लो पेट दुख्नु लाई पनि सामान्य मानिन्छ । तर दुखाई खप्नै नसकिने भयो भने त्यो पनि महिनाबारी मा गडबडी भएको संकेत हो ।
यसरी गर्नुस् रोकथाम
१-महिनाबारीमा गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्ने ।
२-पोषिलो खानेकुरा खाने ।
३-प्रदूषित वातावरण बाट जोगिने ।
४-नियमित चेकजाँच गराउने।
५-आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्ने ।
६-नियमित व्यायाम गर्ने ।
७-शरीरलाई मोटो हुन दिनु हुँदैन ।
८-गर्भ निरोधक चक्की खाँदा चिकित्सक सँग सल्लाह गरेर मात्र खाने ।
९-महिनाबारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन।
१०-महिनाबारी भएको समयमा यौन सम्पर्क नगर्ने ।