कोरोना विरुद्धको चिनियाँ खोप काठमाडौंका यी ठाउँमा लगाइँदै,खोप केन्द्रहरुको (सूचीसहित)
काठमाडौं,जेठ २। कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउन आज विभिन्न स्थानमा केन्द्र तोकिएका छन् । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुका लागि विभिन्न केन्द्रहरु तोकिएका छन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेठ ११ गतेसम्म खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।
तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । खोप लिने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ ।
जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइनेछ ।
यसैगरी, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।
वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।
वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।
काठमाडौं महानगर सहरी स्वास्थ्य विभागका अनुसार पहिलो खोप लगाएपछि संक्रमण भएर उपचाररत बिरामीले एक महिना नपुगी यो खोप लिन मिल्दैन ।
खोप केन्द्रहरु
१- नन्दीरात्रि स्कुल, नक्साल
२-२ नम्बर वडा कार्यालय, लाजिम्पाट
३-३ नं. वडा कार्यालय, महाराजगञ्ज
४-पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग
५-५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ
६- महेन्द्र बौद्ध उच्च मावि, बौद्ध
७- यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर
८- ८ नं. वडा कार्यालय, जयबागेश्वरी
९- गुह्येश्वरी मावि, सिनामंगल
१०- म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर
११- विश्व निकेतन स्कुल, त्रिपुरेश्वर
१२- सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु
१३- जनप्रभात मावि, कालीमाटी
१४- १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर
१५- भुइँखेल चौर, स्वयम्भू
१६- जुडो हल, नयाँबजार
१७- पब्लिक युथ क्याम्पस, धोबीचौर
१८- पुष्पलाल पार्क, विष्णुमती
१९- सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर
२०- शान्ति निकुञ्ज स्कुल, भगवतीबारी
२१- सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल
२२- टेवहाल वडा कार्यालय, संकटा
२३- नव आदर्श स्कुल, वसन्तपुर
२४- इतुमबहाल, तारणी वहाल
२५- कन्या मन्दिर स्कुल, क्षेत्रपाटी
२६- वडा परिसर, लैनचौर
२७- महाबौद्ध चोक
२८- २८ नं. वडा कार्यालय, सिटी मार्केट
२९- विजय स्मारक स्कुल, डिल्लीबजार
३०- ज्ञानेश्वर चोक
३१- भीमसेनगोला स्कुल, भीमसेनगोला
३२ ३२ नं. वडा कार्यालय, जडीबुटी