नेपालमा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि,एकै दिन थप २४६ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,जेठ ५। नेपालमा थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएकाे छ। पिसिआरबाट ८ हजार ६४ र एन्टीजेनबाट १०९ जना संक्रमण पुष्टि छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।
यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।
आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कुन जिल्लामा कति थपिए संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,९८८ जना, कैलालीमा ४१७, मोरङमा ३८३, कास्कीमा ३४७ जना, रूपन्देहीमा ३४६ जना र झापामा ३४४ जना ,सुर्खेतमा २७४, ललितपुरमा २७०, बाँकेमा २४०, भक्तपुरमा २२८, सुनसरीमा २०९, धनुषामा १९९, चितवनमा १९३, बारामा १८७, दाङमा १७७, बर्दिया र अछाममा १५८/१५८ जना, काभ्रेपलाञ्चोकमा १५५, गोरखामा १४२, महोत्तरीमा १२७, सिन्धुपाल्चोकमा १२१ र धादिङमा ११७ जना , दोलखा र कञ्चनपुरमा ९१/९१ जना, धनकुटामा ८८, पर्सामा ८५, ताप्लेजुङमा ८३, डडेल्धुरामा ७७,सिरहामा ७३, नवलपरासी पश्चिममा ५५, डोटीमा ५३, सिन्धुलीमा ४५, दैलेखमा ४४, तनहुँमा ३७, नवलपरासी पुर्वमा ३५, खोटाङ र रामेछापमा २९/२९ जना र रौतहटमा २५ जनामा,स्याङजामा २३, सर्लाही, नुवाकोट र अर्घाखाँचीमा २१/२१ जना, पाल्पा र बैतडीमा १९/१९ जना, सप्तरी, म्याग्दी र सल्यानमा १८/१८ जना तथा तेह्रथुम, सोलुखुम्बु र लमजुङमा १६/१६ जना ,संखुवासभामा १४, मनाङमा १३, कपिलवस्तु र कालिकोटमा १२/१२ जना, पर्वतमा १०, रोल्पामा ८, भोजपुरमा ७, बागलुङ र जुम्लामा ६/६ जना र ओखलढुंगामा ५ जना ,उदयपुर र मकवानपुरमा ४/४ जना, इलाम, गुल्मी र दार्चुलामा ३/३ जना, रूकुम पश्चिममा २ तथा पाँचथर, रसुवा, प्युठान, जाजरकोट र हुम्लामा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १९० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमित देखिएका छन् ।