कोरोना सङ्क्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउन,नागरिक भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्दै देजमोका अध्यक्ष सीपी गजुरेलद्वारा प्रेस वक्तव्य जारी

काठमाडौ,जेठ ५। कोभिड–१९को दोस्रो लहरको महामारीबाट सङ्क्रमित बिरामीहरुको निस्शुल्क उपचारको व्यवस्था गर्न,दोस्रो चरणको भ्याक्सिन निर्धारित समयमा लगाउने व्यवस्था गर्न र नागरिक भोकै बस्नुपर्ने अवस्थाको अविलम्ब अन्त्य गर्न माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा आज एक प्रेस वक्तव्यमार्फत जारी गरिएको छ ।

 

वक्तव्यमा भनिएको छ–“कोभिड–१९को दोस्रो लहरको महामारीबाट नेपाली जनतालाई जोगाउने महान कार्यको बदलामा ठीक यसै बेला सत्तापक्ष र संसदीय प्रतिपक्षी पार्टीका नेताहरु सत्ताको खेलमा रमाइरहेका छन् ।

 

 

मानवजीवनको रक्षा सबैका लागि सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने विषय हुनु पर्दछ । यसबाट दायाँ–बायाँ गर्ने छुट कसैलाई छैन।
प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ –