आज यी प्रदेशका केही स्थानहरूमा हल्का देखि भारी वर्षाको सम्भावना
काठमाडौं,जेठ ६। जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारि गरेको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागका केहि स्थानहरुमा भारि हिमपात र वर्षाकाे सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ।
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।